माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, अन्तरविरोधको सन्दीर्घ घडीमा निर्णायक बहसको अपेक्षा
१६ साउन, काठमाडौं । आजदेखि नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु भएको छ । खासगरी गहिरिँदो आन्तरिक अन्तरविरोध, सांगठनिक शिथिलता र वैचारिक दिशाको अन्योलबीच सुरु भएको यो बैठकलाई निर्णायक मोडको रूपमा हेरिएको छ ।
बुधबार बसेको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहालबाट वर्तमान परिस्थितिमाथि ब्रिफिङ, मध्यपहाडी अभियानको निरन्तरता, केन्द्रीय समिति बैठकको तयारी, समाजवादी मोर्चा विस्तार, तथा संगठन र जनजीविकासम्बन्धी प्रस्तावहरूको तयारीलगायत पाँच एजेन्डा तय गरेको छ ।
बैठकले गहिरिएको अन्तरविरोध र सतही असन्तुष्टिहरु सम्बोधन गर्दै संगठनमा स्पष्ट दिशा दिन सके पार्टीले पुनः उर्जा लिन सक्नेछ । अन्यथा पार्टीको अगाडि विघटनको स्थिति बेहोर्नु पर्ने चुनौती पनि खडा छ ।