प्रचण्डको चेतावनी : कम्युनिस्ट पार्टीमा संसदवादी शैली अस्वीकार्य
१६ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विधि र अनुशासनविपरीत सार्वजनिक रूपमा धारणा राख्नु गलत भएको बताएका छन् । आजदेखि पेरिसडाँडामा सुरु भएको स्थायी समिति बैठकमा उनले उपमहासचिव जनार्दन शर्माको अभिव्यक्तिलाई लक्षित गर्दै कम्युनिस्ट पार्टीमा संसदवादी अभ्यास चल्न नसक्ने स्पष्ट पारे ।
कम्युनिस्ट पार्टी बुर्जुवा पार्टीजस्तो सार्वजनिक रूपमा बोल्न पाइँदैन । यसरी जनार्दनले सार्वजनिक रूपमा जुन बोल्नुभयो, त्यो ठीक नभएको स्रोतले जनाएको छ ।
प्रचण्डले आन्तरिक बहसको अधिकार स्वीकारे पनि सार्वजनिक आलोचना अनुशासनविपरीत भएको उल्लेख गरे । उनले जनवादी केन्द्रीयताको कडाइका साथ पालना गर्दै पार्टी एकतामा जोड दिनुपर्ने धारणा राखेको बताइएको छ ।
विश्लेषकहरुका अनुसार देशमा कम्युनिस्ट पार्टी नरहेको स्थितिमा प्रचण्डले आफ्नो नेतृत्वको पार्टीलाई कम्युनिस्ट पार्टीको हैसियतमा राखेर जनवादी केन्द्रीयताको प्रश्न उठाए । तर पार्टी संसदवादी हुँदै प्रतिक्रियावाद पतन भएको सन्दर्भमा विघटन र छरपस्ट हुनु स्वभाविक छ । यसरी यतिबेला भने पार्टी भित्रको समस्या वा प्रवृत्तिको समग्रमा नेतृत्व जनार्दन गरेका हुन् भन्ने रहेको छ ।