कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उतीर्ण, झण्डै ३८. ८३ प्रतिशत ननग्रेड

0 3
Oplus_0

१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को बहुप्रतिक्षित नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यो वर्षको परीक्षामा सहभागी विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले उतीर्णता हासिल गरेका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (NG) भएका छन् ।

कुल ५ लाख ११ हजार ५२५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ठूलो संख्याले उतीर्णता हासिल गरे पनि झण्डै २ लाखले न्यूनतम ग्रेड हासिल गर्न नसक्दा ननग्रेडमा परेका छन्, जसले शिक्षाको गुणस्तर, विद्यार्थीको तयारी र प्रणालीगत पक्षबारे गम्भीर प्रश्न खडा गरेको छ ।

यसवर्षको नतिजाले विद्यार्थी, अभिभावक तथा शैक्षिक वृत्तमा मिश्रित प्रतिक्रिया सिर्जना गरेको छ । कतिपय विद्यार्थीहरुको वर्षौंको मेहनत सफल भएर अपेक्षाअनुरूपको नतिजा आएको छ भने, ननग्रेडमा परेका विद्यार्थीको मनोबलमा भने ठूलो धक्का परेको छ ।

परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै अब पुनःपरीक्षा तथा ग्रेड सुधारको प्रक्रिया सम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ । शिक्षाशास्त्रीहरुले नतिजालाई शिक्षा प्रणालीमा सुधार र विद्यार्थीकेंद्रित शिक्षण पद्धति अवलम्बन गर्ने आवश्यकताको संकेतका रूपमा समेत लिएका छन् ।

शिक्षा क्षेत्रको समग्र समीक्षा र सुधारको माग तीव्र हुँदै गएको यो समय, कक्षा १२ को नतिजा त्यस दिशातर्फ गम्भीर संकेतको रूपमा लिइएको छ ।

सम्बन्धित
Loading...