दुई पक्षबीच झडप : एक जना बबई नदीमा बेपत्ता

प्रहरीद्वारा खोजी कार्य जारी

0 847

बर्दिया । बर्दिया जिल्लाको बबई नदिमा बनभोज गएका दुई पक्षबीच झडप हुँदा हिजो एक जना वेपत्ता भएका छन ।

बारबर्दिया नगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा अन्दाजी २२ बर्षिय बिष्णु नेपाली भनिने उक्त झडप पश्चात् बबई नदिमा वेपत्ता भएको ईलाका प्रहरी कार्यालय बानियाभारले बताएको छ।

अहिले बबई नदिको पानी कम बनाएर उक्त व्यक्तिको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनासंग जोडिएका केही व्यक्तिलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । दुई पक्षबीच वादविवाद हुदाँ उनले स्वयम् आफै नदीमा हाम फालेको आरोपितहरुको भनाइ रहेको छ।

सम्बन्धित
Loading...