प्रचण्डलाई चुनौती दिने जनार्दनको हैसियत छैन : उपमहासचिव गजुरेल

0 4
Oplus_131072

१० भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिने जनार्दन शर्माको कुनै हैसियत नरहेको बताएका छन् ।

उनले एउटा बहस कार्यक्रममा भने -यो सबै मजाक मात्र हो । यसरी हैसियत नै नभएकाले प्रचण्डलाई चुनौती दिएको हो । जसको हैसियत छैन, त्यसले कसरी चुनौती दिन सक्छ ?

उनले प्रचण्ड नभए पनि पार्टी चल्छ भन्नेहरुलाई विचार र नीति अगाडि सार्न नसकेको आरोप लगाउँदै, संगठनात्मक समस्या समाधान गर्न वैचारिक बहस आवश्यक भएको बताए । सिसाको घरमा बसेर अरुको घरमा ढुङ्गा हान्ने काम बन्द गर्नुपर्छ – गजुरेलको भनाइ छ ।

गजुरेलका अनुसार जनार्दन शर्माले महासचिव पद नपाएपछि व्यक्तिगत असन्तुष्टि प्रकट गरिरहेका छन् । उनले नेतृत्वमा आउन प्रचण्डले भन्दा नयाँ र ठोस विचार प्रस्तुत गर्नुपर्ने बताउँदै प्रचण्डले ३५ वर्षकै उमेरमा सबैलाई टपेर नेतृत्व लिनुभयो, त्यो जस्तो हैसियत जनार्दनले कहाँ देखाउन सक्नुभएको छ र ? प्रश्न गरे ।

उनले पार्टीभित्र उठाइएका अनेकौं वैचारिक बहसमा समेत जनार्दन सक्रिय नभएको आरोप लगाउँदै टाकानटुकु बोलेर नेता हुँ भन्नु हुँदैन, वैचारिक बहसमा प्रमाणित हुनुपर्छ भन्दै गजुरेलले प्रचण्डको नेतृत्वलाई चुनौती दिनु जनार्दनको क्षमताभन्दा बाहिरको कुरा भएको टिप्पणी गरे ।

सम्बन्धित
Loading...