ओलीको चीन भ्रमण: नेपाल–चीन सम्बन्ध सुदृढ गर्ने अवसर
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका छन् । यसक्रममा प्रधानमन्त्री र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।
चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको स्रोतले जनाएको छ । यसरी समर्थकहरूले यस भ्रमणलाई नेपालको पूर्वाधार विकास, व्यापार विस्तार र रणनीतिक साझेदारी मजबुत गर्ने अवसरका रूपमा हेरेका छन् ।
भ्रमणको क्रममा हुने संवाद र आपसी सम्बन्धले एकातिर नेपालको दिगो विकास र क्षेत्रीय सहकार्यमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । अर्कोतिर परम्परागत भ्रमणको निरन्तरता भए यथास्थितिमा रहने आशंकाहरु पनि उब्जेका छन् । यसरी प्रधानमन्त्रीको चीन भ्रमण आशा र शंकाको दोसाँधमा रहेको छ ।