फ्रान्समा व्यापक विरोध: ‘ब्लोक एभ्रिथिङ’ आन्दोलनमा झडप र गिरफ्तारी
२८ भदौ, काठमाडौं । फ्रान्सको पेरिसमा १३ सेप्टेम्बर २०२५ मा ‘ब्लोक एभ्रिथिङ’ आन्दोलनका क्रममा व्यापक प्रदर्शन र हिंसात्मक झडप भएका छन् । यसरी आन्दोलनले राष्ट्रपति इम्यानुएल म्याक्रोन सरकारको सार्वजनिक सेवा कटौती र राजनीतिक अस्थिरताप्रति जनताको असन्तोष देखाएको छ ।
फ्रान्सका पूर्व प्रधानमन्त्री फ्रांस्वा बायरूको ४४ अर्ब युरोको बजेट कटौती प्रस्तावले सार्वजनिक सेवामा कटौती र सार्वजनिक बिदामा कमी ल्याउने भएपछि जनतामा आक्रोश फैलियो । पेरिस, मार्सेले, लियोन र नान्टसमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै आगजनी गरे र पुलिससँग झडप गरे ।
आन्दोलन सरकारी आर्थिक नीति र सार्वजनिक सेवामा कटौतीका विरुद्ध भएको विरोध प्रदर्शन हो । यसरी पेरिसमा प्रदर्शनकारीहरूले सडकहरूमा आगजनी गरे । रुटहरू अवरुद्ध गरे र पुलिससँग झडपमा परे। मार्सेले, लियोन र नान्टस जस्ता शहरहरूमा पनि यस्ता दृश्यहरू देखिएका छन् । प्रदर्शनकारीहरूले कूड़ेदानहरूमा आगो लगाएर र सडकमा अवरोध सिर्जना गरेर विरोध प्रदर्शन गरेका थिए ।
यस क्रममा ३०० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् भने सुरक्षा व्यवस्था कडा बनाउन ८०,००० भन्दा बढी पुलिस तैनाथ गरिएको थियो । आन्दोलनले फ्रान्समा नागरिक असन्तोष र सरकारप्रतिको अविश्वास उजागर गरेको छ ।