भारतको लद्दाखमा आन्दोलन उग्र: तोडफोड र आगजनी, स्थिति भयावह

0 3
Oplus_0

७ असोज, काठमाडौं । भारतको लद्दाख क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलित समूहले विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेका छन् । परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय बासिन्दामा त्रास बढ्दै गएको छ ।
लद्दाखका बासिन्दाले प्रदेशलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने र भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग गर्दै आन्दोलनमा आएका थिए । यसरी कालान्तरमा आन्दोलनले हिंसात्मक रुप लग्यो । विजीपीको कार्यालय समेत जलाएर ध्वस्त पारेका छन् । जनताको आक्रोश निकै तीव्र बनेको छ । अगाडिको स्थिति भयावह बन्नेछ ।

प्राप्त समाचार अनुसार आन्दोलनकारीले सरकारी संरचना र सवारीसाधनमा आक्रमण गरेका छन् । केही ठाउँमा सवारी साधन जलाइएका कारण सडक आवतजावत अवरुद्ध भएको छ । यस घटनापछि प्रशासनले थप सुरक्षाकर्मी पठाएको छ र संवेदनशील क्षेत्रलाई नियन्त्रणमा लिन विशेष सतर्कता अपनाइरहेको छ ।

आन्दोलनको कारणबारे स्पष्ट विवरण आउन बाँकी भए पनि स्थानीय राजनीतिक तथा सामाजिक असन्तुष्टिले आन्दोलन उग्रिएको अनुमान गरिएको छ । स्थिति भयावह बन्दै गएपछि सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसैबीच, भारत सरकार र स्थानीय प्रशासनबीच आन्दोलन शान्त पार्ने विषयमा आन्तरिक छलफल भइरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...