भारतका विधायकले बताए उत्तर प्रदेश नेपालको अभिन्न अंग
९ असोज, काठमाडौं । भारतको उत्तर प्रदेशका विधायक प्रेम सागर पटेलले नेपाल–भारत सम्बन्धमा स्पष्ट अभिव्यक्ति दिएका छन् । उनले उत्तर प्रदेश नेपालको अभिन्न अंग भएको दाबी गर्दै कुमाउ–गढवालसम्मको भूभाग ऐतिहासिक रूपमा नेपालकै भएको बताएका छन् ।
पटेलले भने- जब अंग्रेज भारतबाट फर्किन लाग्यो, त्यसबेला नेपालसँग सुगौली सन्धि गरिएको थियो । त्यसै सन्धि मार्फत नेपालले आफ्नो भूभाग भारतलाई सुम्पेको हो । यो कुरा भारतले बुझ्न जरुरी छ ।
उनको भनाइ अनुसार नेपाललाई अर्ध–औपनिवेशिक स्थितिमा राख्ने प्रयास नै आजको भारतको राजनीतिक दृष्टिकोणको शत्रुतापूर्ण रूप हो । नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा मान्यता दिने सट्टा त्यसलाई आश्रित बनाउने प्रवृत्ति गम्भीर समस्या रहेको उनको संकेत थियो ।
यस प्रकारको अभिव्यक्तिले नेपाल–भारतबीचको ऐतिहासिक सन्धि, भू–राजनीतिक सम्बन्ध र भविष्यका कूटनीतिक संवादमा नयाँ बहस खडा गर्ने देखिएको छ । नेपालमा यसलाई शत्रुतापूर्ण दृष्टिकोणको रूपमा लिइएको छ भने भारतमा यसबारे थप राजनीतिक प्रतिक्रिया आउन सक्ने अनुमान गरिएको छ ।