सैन्य शासनविरुद्ध “क्रान्ति” गर्ने चेतावनी

१२ जना प्रदर्शनकारीहरूको मृत्यु

0 505

अन्तर्राष्ट्रिय । म्यानमारमा सैन्य कूका कारण सत्ताच्युत भएको समूहका नेताले सैन्य शासनविरुद्ध “क्रान्ति” लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले भनेः “यो देशका लागि सबैभन्दा अँध्यारो क्षण हो अनि बिहानी आउन लागेको बेला हो।”

भूमिगत रहेर नै उनले सैन्य कू स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहेका छन्।

शनिवार म्यान्मारमा १२ जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ।BBC बाट साभार

सम्बन्धित
Loading...