ठाकुरबाबाको सिंहबाहिनी खेलमैदानमा वडा स्तरीय खेलकुद प्रतियोगिता हुँदै

0 701

बर्दिया । ठाकुरबाबा नगरपालिका १नम्बर वडा कार्यालय भुरिगाउँले खेलकुद प्रतियोगिता गर्ने भएको छ। यही कार्तिक १२ गतेदेखि १४ गतेसम्म फुटबल,भलिबल,खोखो र क्रिकेट खेल सिंहबाहिनी खेल मैदानमा बिहान आठ बजेदेखि हुने भएको हो ।

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने उदेश्यले उक्त प्रतियोगिता हुन लागेको वडा अध्यक्ष श्यामलाल थारुले बताउँनु भयो ।

यस्ता कार्यले पक्कै पनि खेलाडीहरुमा उत्साह आउँछ । खेलाडी राष्ट्रका गहना पनि हुन । विगत लामो समयदेखि खेलाडीहरुले उचित खेलमैदान,आवश्यक खेलकुद सामाग्री तथा अनुभवी प्रशिक्षक तत्काल नगरपालिकाले व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन।नगरपालिकाले खेलाडीहरुका लागि आधारभूत आवश्यकताहरुलाई पनि सम्बोधन गरेको देखिदैन । त्यस तर्फ नगरपालिकाको ध्यानाकर्षण हुन जरुरी छ।

You might also like
Loading...