अखिल  क्रान्तिकारी बाँकेको अध्यक्षमा न्यौपाने चयन 

0 163

बाँके । मोहन वैद्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २७ औं जिल्ला सम्मेलन बुधबार कोहलपुरमा सम्पन्न भएको छ ।

सम्मेलनले तत्कालीन संगठनको संयोजक समेत रहेका तपेन्द्र न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । सम्मेलनको प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय संयोजक  मिलन राई , विशिस्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा बाँके इन्चार्ज दिपक शाही र बाँके जिल्ला संयोजक कृष्ण शाह,पार्टीकै केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज बिष्णु परियार (शक्ति), अखिल क्रान्तिकारीका ६ नं. प्रदेश इन्चार्ज हरि बिष्ट , क्रान्तिकारी युवा संगठन नेपालका ५ नं. प्रदेश इन्चार्ज झलक विश्वकर्मा ,युवा संगठनकै ६ं. प्रदेश  संयोजक प्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो । सम्मेलन को उद्घाटन पश्चात बुधबार नै बन्दसत्रमा परिणत भइ निर्वाचित कमिटीको घोषणा गरेको अखिल क्रान्तिकारीले बताएको हो ।

सम्मेलनबाट निर्वाचित न्यौपानेले सम्बोधन गर्दै भने देशमा भएका तमाम खाले विकृति,विसंगति,भ्रष्टाचार र अन्याय को विरुद्धमा आवाज उठाउने एक मात्र संगठन जुन सडकको बाघका रुपमा स्थापित छ त्यो अखिल (क्रान्तिकारी) हो। आज देशमा युवा विद्यार्थीहरूलाई साधनको रूपमा मात्र प्रयोग गरिएको छ । हरेक आन्दोलनमा विद्यार्थीहरूको अहम भूमिका रहँदा रहँदै पनि आज देशको विकास निमार्णमा युवा शक्तिको प्रयोग गर्न सकिएको छैन । सत्ताको भाग बण्डामा रमाएका राजनीतिक पार्टीहरू राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा छैनन् भन्ने कुरा दिनको घाम झैं छर्लङ्ग भएको छ । तर केही कुराहरूमा तुलनात्मक विश्लेषण गर्दा केही सुधारमुखी भएको भने देखिन्छ । सम्पूर्ण पार्टीहरूको वरिपरि रहेका सम्पूर्ण युवा विद्यार्थीहरूले रचनात्मक र परिवर्तनशील भूमिकाको बाटोमा खोजिनु पर्दछ । अर्कोतिर देशलाई आमूल क्रान्तिकारी परिवर्तनको दिशामा लैजाने हो भने युवा विद्यार्थीहरूको सचेत आन्दोलन गर्न अत्यन्त्यै आवश्यकता रहेको उनको जिकिर छ ।

You might also like
Loading...