जनउत्थान  लघुवित्तको शाखा कार्यालय बागेश्वरीद्वारा ट्राफिक नियम सम्बन्धि सूचना बोर्ड हस्तान्तरण

0 515

बाँके । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बागेश्वरीले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “कोष” मार्फत खजुरा गाउँपालिका वडा नं. ५ धनौली चोकमा निर्माण गरेको ट्राफिक नियम सम्बन्धि सूचना बोर्ड आज एक समारोहकाबीच अस्थाई ट्राफिक प्रहरी कार्यालय धनौलीलाई हस्तान्तरण गरेको छ ।

संस्थाका कोहलपूर वेश अनुगमन अधिकृत मधु कुंवर, डील्ली रमन खड़का, शाखा प्रमुख रमेश सुनार, कर्मचारी सावितराम थारु,कृष्ण प्रसाद थारु, विशाल शोप, बिन्दु शाही र अस्थाई ट्राफिक कार्यालय धनौलीमा कार्यरत ASI मदन सिंह मातर लगायतको उपस्थितिमा ट्राफिक नियम सम्बन्धि सूचना बोर्डको उद्घाटन गरिएको थियो।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी ASI मदन सिंह मातरले संस्थाले गरेको कार्य निकै सराहनीय रहेको र संस्थाप्रति धन्यवाद ज्ञापन गरे ।

ट्राफिक नियम सम्बन्धि सूचना बोर्ड जडान तथा संचालन भए संगै धनौली चोकमा राखिएको ट्राफिक नियम सम्बन्धि सूचना बोर्डको प्रयोगले ट्राफिक व्यवस्थापनन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने जनउत्थान संस्थाले विश्वास लिएको छ ।

You might also like
Loading...