क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकरणको लहर

0 322

उदयपुर । नेपाली काङ्ग्रेस परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा आदा दर्जन भन्दा बेसि नेता कार्यकर्ता ध्रुवीकृत भएका छन । ध्रुवीकृत हुनेमा सीता रोका, ललिता चौधरी, मन्जु चौधरी, समादेबी चौधरी, रमेश चौधरी, सिता चौधरी, सरोज चौधरी रहेका छन।

उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सचिवालय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मोहन र अतिथिहरुमा केन्द्रिय सदस्य तथा एक न.प्रदेश स्कुलिङ बिभाग प्रमुख अमर, केन्द्रिय सदस्य तथा एक न. प्रदेश महिला प्रमुख अम्बिका हुनुहुन्थ्यो । उक्त कार्यक्रममा प्रमुख अतिथी र अतिथिहरुले ध्रुवीकृत हुन आउनुहुने नयाँ आगन्तुक कम्रेडहरुलाई क्रान्तिको बाटोमा गोल्बद्व हुन आउनु भएकोमा बधाई तथा शुभकामना दिनु भएको थियो ।
उक्त ध्रुवीकृत कार्यक्रमको अध्यक्षता केन्द्रिय आयोजक समिति सदस्य तथा उदयपुर जिल्ला संयोजक जटिलले गर्नुभएको थियो भने संचालन अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा जिल्ला पार्टी कार्यलय सचिव निशान कटुवालले गरेका थिए ।

You might also like
Loading...