दशरथ रंगशालामा भएकाे फुटबल खेलमा नेपाल विजयी

0 369

काठमाडौं । आज भएको पहिलाे मैत्रीपूर्ण फुटबल खेलमा माेरिससलाई हराउँदै नेपाल विजयी भएको छ ।

विमल घर्ती मगरले शनिबार दशरथ रंगशालामा भएकाे उक्त खेलमा ५५ औं मिनेटमा एक गोल गरेर नेपाललाई विजयी गराएका हुन् ।

सन् २०१९ नाेभेम्बरमा म्यानमार विरुद्ध पछिल्लाे पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चाेटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए । नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

You might also like
Loading...