बर्दियाको ठाकुरबाबामा जनउत्थान लघुवित्तद्वारा बिमा वापतको रकम हस्तान्तरण

0 1,192

बर्दिया । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्य दिवंगत मिना चौधरीको परिवारलाई बिमा वापतको रकम हस्तान्तरण गरेको छ । निज सदस्य बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ वेतनी गाउँमा गठित ठाकुरबाबा महिला बैंकिङ समुदाय( केन्द्र नम्बर २८) मा आबद्ध रहनु भएको थियो ।

मंगलबार उहाँको घरमै पुगेर ऋण मिनाहा एवं नगद गरी १८७५०० रुपैयाँ हस्तान्तरण गरिएको छ । संस्थाको कोहलपुर वेस अनुगमन अधिकृत मधु कुँवरले दिवंगत मिना चौधरीको श्रीमानलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

जनउत्थान लघुवित्त सदस्यको दुख सुखमा साथ दिने संस्था भएको कुँवरले बताउनुभयो । संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

जनउत्थानले संस्थामा आवद्ध कुनै पनि सदस्यको मृत्यु भएमा राहात स्वरुप किरिया खर्च उपलब्ध गराउँदै आएको छ । भने ऋण मिनाहा समेत गर्दै आएको छ ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा संस्थाका ठाकुरबाबा शाखाका शाखा प्रमुख हरी चौधरी, ककौरा शाखाका प्रमुख कृष्ण अधिकारी, कर्मचारीहरु कमला आचार्य,आर्जिना वैद्य, बन्धना घर्ती मगर र संस्थामा आवद्ध ठाकुरबाबा महिला बैंकिङ समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

You might also like
Loading...