युद्धको संगीत-कविता

0 952

–बसन्त बोगटी

ओ दुनियाँ !
ब्युँझ र स्वयंलाई
तयार गर ।

जहाँ
यसबखत
धर्ती–प्रकृतिका
सुन्दर गर्भहरु
बलात्कृत छन !
श्रम, पसिना र रगतहरु
दण्डित छन !
भविष्यहरु
अन्धकार भित्र
थुनिएका छन !
नदिहरु उकुसमुकुस छन ।

युद्धको संगीत
सत्ताको पर्खाल छेडेर
टाढा–टाढासम्म बजिरहेको छ ।

लाखौं–लाख मान्छेहरु
आगोका फुलको माला बोकेर
युद्धलाई पर्खिरहेका छन ।

विश्व ब्रह्माण्डमा
अर्को कठोर समय र संघर्ष
चलिरहेको छ ।

निश्चय नै
यो नविन उथलपुथलको
संकेत हुनुपर्छ ।

नव शिषुको
जन्म बेला जस्तै !
एउटा नँया युगको
स्वागत गर्नुछ !

You might also like
Loading...