डोटीमा शक्तिशाली भूकम्प: मानवीय क्षति

0 275

डोटी । सुदुरपश्चिम प्रदेशको डोटीमा गएराति  शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । सो कम्पनले देशका विभिन्न ठाउँमा झड्का दिएको छ ।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ ।

पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।

You might also like
Loading...