महिला लघुवित्तद्धारा कर्मचारीलाई “कार्यक्रम सुढृढिकरण तालिम” प्रदान

0 292

बाँके। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साँगा काभ्रेले कर्मचारीलाई दुई दिने “कार्यक्रम सुढृढिकरण तालिम २०७९” कार्यक्रम आयोजना गरेको थियो। संस्थाले आफ्ना देशभरका शाखा कार्यालयमा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीलाई उक्त तालिम दिएको हो। त्यसैगरी यस संस्थाको सुपरिवेक्षण तथा निरीक्षण कार्यालय नेपालगन्ज अन्तर्गतका फिल्ड सहायक कर्मचारीलाई माघ १९ र २० गतेका दिन बाँके जिल्लाको कोहलपुर स्थित एक होटलमा “कार्यक्रम सुढृढिकरण तालिम २०७९” प्रदान गरी सम्पन्न भएको छ ।

उक्त कार्यक्रमा बिभिन्न शाखाबाट ३४ जना फिल्ड सहायक कर्मचारीको सहभागिता रहेको थियो । सो कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिईएको थियो।

त्यस कार्यक्रममा केन्द्रिय कार्यालयबाट कर्जा तथा जोखिम बिभाग प्रमुख बरिष्ठ प्रबन्धक इश्वर बहादुर रोका र अनुगमन तथा निरीक्षण बिभाग प्रमुख सहायक प्रबन्धक बुद्धिसागर न्यौपानेको उपस्थिति रहेको थियो । उहाँहरुले ग्राहक संगको वित्तीय कारोबारमा पारदर्शिता कायम राख्दै तालिममा सिकेका कुराहरुलाई शाखामा कार्यान्वयनमा ल्याई तालिमको उद्धेश्यलाई साकार पार्न शाखामा दत्तचित्त भई काम गर्न मार्गदर्शन प्रदान गर्नुभएको थियो ।

सो तालिममा, लघुवित्त क्षेत्रमा हाल बढदो जोखिमलाई दुष्टिगत गरी जोखिम बारे जोखिम व्यवस्थापन प्रणाली अवधारणा एवं महत्व, जोखिमको पहिचान विधि, जोखिम न्यूनीकरणको लागि उपायहरु एवं रणनैतिकि योजना निर्माण, विद्यमान कानूनी व्यवस्था जस्ता विषयमा विस्तस्त छलफल गराइएको थियो ।

साथै,कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेका राजु नेपालले सहभागीहरुलाई उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन सुपरिवेक्षण तथा निरीक्षण कार्यालय नेपालगन्ज बाँकेका प्रमुख तिलक दत्त पन्तले गर्नु भएको थियो भने सो कार्यक्रममा सहजीकरणको भुमिका सुपरिवेक्षण तथा निरीक्षण कार्यालय नेपालगन्जका सहायक बम बहादुर रावलले गर्नुभएको थियो ।

You might also like
Loading...