प्रधानमन्त्री प्रचण्डले चे गेभारा जस्तो हिम्मत गर्नु पर्छ: नेता दिनेश शर्मा

0 438

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का पिवीएम  दिनेश शर्माले नेपालमा पुनः माओवादी एकता गर्न प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले “चे” गेभारा जस्तो हिम्मत गर्नु पर्ने बताउनुभएको छ ।

आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा वेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै शर्माले त्यस्तो बताएका हुन् ।

उहाँले भन्नुभयो-” प्रधानमन्त्री प्रचण्ड “चे”गेभारा जस्तै तवरबाट प्रतिक्रियावादीलाई नष्ट गर्नको निमित्त साम्राज्यवाद र विस्तारवादलाई परस्त गरेर यो देशमा नयाँ जनवादी क्रान्ति लाई पूरा गर्दै सर्वहारा वर्गको नेतृत्वमा राज्य सत्ता लिएर शहीद तथा बेपत्ता योद्धाको हिजोको सपना पूरा गर्न तयार हुनुपर्छ ।”

You might also like
Loading...