नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता गर्ने निर्णय

0 365

काठमाडौं । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला “कन्चन” नेतृत्वको  नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ ।

शुक्रबार जनआन्दोलन दिवसको अवसर पारी काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य “किरण”ले मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम र क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको बताउनुभयो।

उक्त कार्यक्रममा बोल्दै अर्का वक्ता  नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि पार्टी एकता गर्न लागेको बताउनुभयो ।

You might also like
Loading...