भारतीय चलचित्र ‘आदिपुरुष’काे क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे कडा विराेध

0 131
????????????????????????????????????

यस विषयले पार्टीको गम्भिर ध्यान आकर्षण भएको भन्दै प्भारेस वक्तव्यमा आदिपुरुषमा समावेश गरिएको यो भनाईले प्राक ऐतिहासिक, तथा सांस्कृतिक तथ्यहरुमाथि तोडमरोड मात्र गर्दैन, यसले नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानमाथि गम्भिर आँच पु¥याउँ छ भनिएकाे छ ।
वक्तव्यमा भनिएकाे छ, ” यस चलचित्रमा अभिब्यक्त वाक्यांशले भारतीय साम्राज्यवाद/बिस्तारवादको हेपाहा र मिचाहा नीतिको पर्दाफास मात्र गर्दैन, यहाँका शाशकवर्ग, बौद्धिक तप्का र नीति निर्माताहरुको नवऔपनिवेशिक राज्य सत्ताको कारण पैदाभएको लगुताभाषपूर्ण संस्कृतिको उजागर हुन्छ ।”
वक्तव्यकाे अन्तमा भनिएकाे छ, “हाम्रो पार्टी भारतीय शासक वर्गको हेपाहा प्रबृत्तिको कडा बिरोध गर्दछ । भारतीय चलचित्रमा अभिब्यक्त यो अभिब्यक्ति बिरुद्ध नेपालमा बिरोध जनाउने सबै निकायहरु, संघ, संस्था, समुदाय र व्यक्तिहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।”
यस्ताे छ वक्तव्यकाे पुर्णपाठ
” भारतीय चलचित्र आदिपुरुषमा “जानकी (सीता) भारतीय छोरी हुन्” भन्ने सन्देशप्रति हाम्रो पार्टीको गम्भिर ध्यान आकर्षण भएको छ । भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको यो भनाईले प्राक ऐतिहासिक, तथा सांस्कृतिक तथ्यहरुमाथि तोडमरोड मात्र गर्दैन, यसले नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानमाथि गम्भिर आँच पु¥याउँ छ ।
उक्त चलचित्रमा अभिब्यक्त वाक्यांशले भारतीय साम्राज्यवाद÷बिस्तारवादको हेपाहा र मिचाहा नीतिको पर्दाफास मात्र गर्दैन, यहाँका शाशकवर्ग, बौद्धिक तप्ना र नीति निर्माताहरुको नवऔपनिवेशिक राज्य सत्ताको कारण पैदाभएको लगुताभाषपूर्ण संस्कृतिको उजागर हुन्छ ।
हाम्रो पार्टी भारतीय शाशक वर्गको हेपाहा प्रबृत्तिको कडा बिरोध गर्दछ । भारतीय चलचित्रमा अभिब्यक्त यो अभिब्यत्तिः बिरुद्ध नेपालका बिरोध जनाउने सबै निकायहरु, संघ, सस्था, समुदाय र व्यक्तिहरु प्रति ऐक्यबद्धता प्रकट गर्दछ ।
मिति ः २०८० असार ४

कञ्चन
प्रवक्ता
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

You might also like
Loading...