मोरङ जिल्लाको एकता अधिवेशन भब्यरुपमा सम्पन्न

0 316

मोरङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको मोरङ जिल्लाको एकता अधिवेशन भब्यरुपमा सम्पन्न गरेको छ । अधिवेशनले बादलको संयोजकत्वमा ६५ सदस्यीय मोरङ जिल्ला संगठन समिति चयन गरेको छ ।
मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकास्थित खोर्सानेमा शुक्रबार सम्पन्न भएको अधिवेशनका प्रमुख अथिति पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज क. निर्मलले प्रशिक्षण मूलक मन्तब्य राख्दै पार्टी केन्द्रको भाव संप्रेषण गर्नुभयो । उहाँले अबको क्रान्तिको कार्यभार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पुरा गर्ने पनि बताउनुभयो ।

कार्यक्रमका अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले विद्यमान दलाल पुँजीवादी राज्यसत्ता तथा विश्व साम्राज्यवादी कित्तामा आएको चरम संकटले क्रान्तिकारी आन्दोलनका लागि वस्तुगत परिस्थिति अनुकुल बन्दै गइरहेकोले क्रान्तिकारीहरुको एकता तथा आन्तरिक एकता सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अथितिहरु पार्टीका केन्द्रीय सचिवालय सदस्य नरेश, विद्रोहीलगाएतले मन्तव्य राख्नुभएको थियो । नरसिंहको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रमको संचालन सुमनले गर्नुभएको थियो । कार्यक्रममा उल्लेख्यरुपमा उपस्थिति रहेको थियो ।

You might also like
Loading...