क्रान्तिकारी कम्युनिस्ट पार्टीले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन–पत्र

0 313

बर्दिया । सम्पूर्ण  जनतालाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क स्वास्थ्य विमा उपलब्ध गराउन माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीको १ नं. प्रदेश संगठन समितिले मुख्यमन्त्री उद्धवबहादुर थापालाई ज्ञापन–पत्र बुझाएको छ ।

सोमबार पार्टीका १ नं. प्रदेश संयोजक सङ्कुलको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर ज्ञापन–पत्र बुझाइएको हो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु गम्भीर एवम् भयाबह बन्दै गइरहेका छन् । उक्त सवालहरुलाई लिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले देशव्यापीरुपमा चरणवद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

वर्तमान व्यवस्थाको नेतृत्व अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा संरक्षित नेपालका दलाल तथा नोकरशाही पुँजीपति एवं सामन्त वर्गले गरिरहेको उक्त पार्टीले बताएको छ  ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर ज्ञापन–पत्र बुझाउदै सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बिमा अविलम्ब लागू गर्न, स्वास्थ्य क्षेत्रमा भइरहेको नीजिकरण तथा व्यापारीकरण खारेज गर्न र स्वास्थ्य माफियाहरुलाई कारवाही गर्न सो पार्टीले माग गरेको छ ।

 

You might also like
Loading...