क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा श्रमिकको ज्याला नदिने ठेकेदार कार्कीलाई कारबाही

0 503

धनकुटा । धनकुटा नगरपालिकाको वडा नम्बर १ हिले स्थित कबड हल निर्माण कार्यमा श्रमिक तथा मजदुरहरुले ज्याला नपाएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज कारबाही गरेको छ । महिनौदेखि श्रमिकलाई ज्याला नदिएको भन्दै सुपेरियर मालिका जे.भी. कम्पनीका ठेकेदार  प्रदिप कार्की  उर्फ चुल बहादुर कार्कीलाई कारबाही गरेको उक्त पार्टीका जिल्ला संयोजक मोहन घलेले एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिनु भएको छ । साथै उक्त नगरपालिकाको हिलेमा सुपेरियर मालिका जे.भी. कम्पनीले तिन करोड पचास लाख सरकारी बजेटको योजनामा कबड हल निर्माण गरी रहेको छ ।

कार्कीले ५० जना मजदुरलाई ९ महिना सम्म आफ्नो साइडमा काम लगाई ज्याला नदिदा पीडितहरुले सो पार्टीको न्यायीक समितिमा  निज विरुद्ध जाहेरी दिएपछि एक महिना भित्र सबै ज्याला रकम भुक्तान गर्न भनी चेतावनी सहित सांकेतिक कारबाही गरेको पार्टीले जनाएको छ । मजदुरहरु एकल वा सामुहिक रुपमा ज्याला माग्न जाँदा गालि गलोज र दुव्र्यवहारका साथै डर, त्रास ,धाक ,धम्की दिने गरेको भनी पीडितहरुले गुनासो गरेका छन ।

त्यस पार्टीले शोषण,उत्पीडन,भ्रष्टाचार,घुस जस्ता अन्य गतिविधि भएमा जिल्ला संगठन समिति अन्तर्गत न्यायीक समिति समक्ष गुनासो तथा जाहेरी गर्न आम जनसमुदायमा अपिल गरेको छ ।

You might also like
Loading...